सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • थप ३६३७ जनामा कोरोना पुष्टि, १२ संक्रमितको मृ त्यु

थप ३६३७ जनामा कोरोना पुष्टि, १२ संक्रमितको मृ त्यु

5410
Shares
थप ३६३७ जनामा कोरोना पुष्टि, १२ संक्रमितको मृ त्यु

 

काठमाडौं, १९ माघ : पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् ।

मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५८२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ५५५ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएको छन्, भने १२ संक्रमितको मृ त्यु भएको छ ।

हाल नेपालमा ६९ हजार २९१ जना सक्रिय संक्रमितहरु रहेका मन्त्रालयले जनाएको छ ।

 

 

5410
Shares

ट्रेन्डिङ