सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु, के हो वास्तविकता ?

धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु, के हो वास्तविकता ?

6080
Shares
धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु, के हो वास्तविकता ?

 जेठ , ३, काभ्रे, । धुलिखेल अस्पतालमा उपचाररत् २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएपछि कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

गत वैशाख २३ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी महिला २४ गते सुत्केरी भएकी थिइन् ।

२५ गते अस्पतालबाट ‘डिस्चार्ज’ भएर सिन्धुपाल्चोक घर गएकी उनमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

स्वास्थ्यमा जटिल समस्या भएपश्चात् धुलिखेल अस्पताल भर्ना भएकी उनको गएको बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको स्वाब धुलिखेल अस्पतालमा ‘पीसीआर’ परीक्षण गर्दा भने कोरोना ‘पोजिटिभ’ देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयले सुत्केरी महिलाको मृत्युका सम्बन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमणका कारण मृत्यु भएको हो कि होइन भन्नेबारे अनुसन्धान सुरु भएको जानकारी दिए ।

सुत्केरी महिलाको मृत्यु भएपश्चात् धुलिखेल अस्पतालले आकस्मिककक्ष ‘सिल’ गरेको छ ।

महिलाको सम्पर्कमा आएका छजना व्यक्तिहरुलाई ‘आइसोलेसन’कक्षमा राखिएको जनाइएको छ ।

-इमेजखबर

6080
Shares

ट्रेन्डिङ