सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • क्वारेन्टिनमै मृत्यु भएका वडाध्यक्षको स्वाबको नतिजा नेगेटिभ

क्वारेन्टिनमै मृत्यु भएका वडाध्यक्षको स्वाबको नतिजा नेगेटिभ

4765
Shares
क्वारेन्टिनमै मृत्यु भएका वडाध्यक्षको स्वाबको नतिजा नेगेटिभ

कञ्चनपुर, १५ जेठ : क्वारेन्टिनमै मृ’त्यु भएका कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का वडाध्यक्षको थ्रोट स्वाबको सङ्कलित नमूनाको पिसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन व्यवस्थापनको कार्य हेर्नका लागि गएका वडाध्यक्ष राना कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भइ मृ’त्यु भएको थियो ।

राति नै रानाको श’व परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । कोरोना भए/नभएको यकिन गर्नका लागि मृ’तक रानाको स्वाबको नमूना लिइएको थियो । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार रानाको स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ ।

उहाँका अनुसार अस्पतालकै आइसोलेसनमा बसेका कैलालीका गौरीगङ्गा नगरपालिका–७ का ५५ वर्षीय पुरुषको स्वाबको रिपोर्टसमेत नेगेटिभ आएको छ । इसोलेसनमा बसेका व्यक्तिको बुधबार बिहान ६ बजे मृ’त्यु भएको थियो ।

4765
Shares

ट्रेन्डिङ