सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

4160
Shares
डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त भएको घोषणा गर्नुभएको छ । उहाँले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा डब्लूएचओ असक्षम भएको र उसले चीनको मात्रै पक्षपोषण गरेको आरोप लगाउँदै डब्लूएचओसँगको अमेरिकाको सम्बन्ध सबै सकिएको बताएका समाचार संस्था सीएनएनले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यस अघि डब्लूएचओले चीनको समर्थन गरेको भन्दै उ माथिको सहयोग रकम कटौती गर्ने घोषणा गर्नु भएको थियो । चीनले भने डब्लूएचओलाई आफूले सहयोग गर्ने बताउँदै आएको छ ।

चीनको वुहानमा सबेभन्दा पहिलो पटक देखिएको भनिएको कोरोना भाइरसको महामारीको प्रभाव अमेरिकामा धेरै परेपछि दुई देशको सम्बन्ध थप चिसिएको छ । कोरोना भाइरस सङ्क्रमित सबैभन्दा धेरै रहेका देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा झण्डै १८ लाख सङ्क्रमित छन् भने त्यहाँ एक लाख ४ हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

4160
Shares

ट्रेन्डिङ