सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सिन्धुपाल्चोकको ठोकर्पा क्षेत्रमा पनि फौजी किराको आतंक

सिन्धुपाल्चोकको ठोकर्पा क्षेत्रमा पनि फौजी किराको आतंक

8565
Shares
सिन्धुपाल्चोकको ठोकर्पा क्षेत्रमा पनि फौजी किराको आतंक

सिन्धुपाल्चोक: सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर २ ठोकर्पा क्षेत्रमा पनि अमेरिकन फौजी किराले मकैबाली सखाप पार्न थालेको छ । स्थानीय समर बहादुर भण्डारीका अनुसार एग्रोभेटबाट ल्याएको बिषादीले समेत किरा नमरेपछि किसान थप चिन्तित बनेका छन् ।

स्थानीय एग्रोभेटबाट किनेको बिषादीले कुनै काम नगरेको किसानहरुले बताएका छन् । गाउँका अधिकांश किसानले सीपी नामको हाइब्रिट मकै लगाएका छन् । सुख्खा समयमा फौजी किराले अझ बढी बालीमा आक्रमण गर्ने गरेको किसानहरुको भनाइ छ ।

फौजी किराले मकैको गुबो नै खाइदिने भएकाले अर्को साल खाद्यन्नको समेत समस्या आउने किसानहरुले अनुमान गर्न थालेका छन् । उनीहरुले स्थानीय तहसँग फौजी किरा नियन्त्रण गर्ने उपाय बताइदिन समेत आग्रह गरेका छन् ।

8565
Shares

ट्रेन्डिङ