सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • क्वारेन्टाइनमा रहेकी २२ वर्षीय युवतीको मृत्यु

क्वारेन्टाइनमा रहेकी २२ वर्षीय युवतीको मृत्यु

4190
Shares
क्वारेन्टाइनमा रहेकी २२ वर्षीय युवतीको मृत्यु

बैतडी: क्वारेन्टाइनामा बसेकी एक महिलाको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–४ भटनाको विद्यालय महादेव माविमा रहेको क्वारेन्टाइनमा रहेकी २२ वर्षीया महिलाको हिजो साँझ मृत्यु भएको हो ।

मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टले बताए । उनले रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरिने बताए । मृतक महिलामा दमको समस्या थियो । उनी केही दिनअघि मात्रै भारतबाट आएकी थिइन ।

4190
Shares

ट्रेन्डिङ