सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नमोबुद्धमा जलवायु नमुना कार्यक्रम सञ्चालन हुने

नमोबुद्धमा जलवायु नमुना कार्यक्रम सञ्चालन हुने

3515
Shares
नमोबुद्धमा जलवायु नमुना कार्यक्रम सञ्चालन हुने

काभ्रे : काभ्रेको नमोबुद्ध नगरपालिकामा नेपाल जलवायु नमुना कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि आज सोमबार नगरपालिकामा बसेको बैठकले नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको संयोजकत्वमा समन्वय समिति गठन गरेको छ ।

वन तथा वातावरण मन्त्रालयकी उपसचिव सिर्जना श्रेष्ठसहित बसेको बैठकले तत्काल कार्ययोजना निर्माण गरि कार्यक्रम सञ्चालन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । एक करोड रुपैयाँ बजेट रहेको यो कार्यक्रमले वातावरण मैत्री नगर बनाउने अभियानलाई थप मद्दत पुर्‍याउने नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले वताउनुभयो ।

नमोबुद्ध नगरपालिकाले नगरलाई वातावरण मैत्री नगर बनाउन इँटा भट्टा विस्थापन लगायतका दीर्घकालीन महत्त्वका काम यस अगाडी नै गरिसकेको छ । नगरपालिकाले नगरभित्र सञ्चालन हुने हरेक आयोजनालाई वातावरण मैत्री ढंगले अगाडि बढाइरहेको वातावरण अधिकृत सन्तोष काफ्लेले जानकारी दिनुभयो ।

यो आर्थिक वर्षमा वन तथा वातावरण मन्त्रालयको सहयोगमा सञ्चालन हुन लागेको नेपाल जलवायु नमुना कार्यक्रमका लागि नगरको एउटा वडा छनोट गरेर काम अगाडि बढाइनेछ । नगरप्रमुख तिमल्सिनाको संयोजकत्वमा रहेको समन्वय समितिले उपयुुक्त स्थान छनोट लगायतका काम गर्नेछ ।

समितिको सहसंयोजकमा उपप्रमुख रामदेवी तामाङ, सदस्यहरूमा कार्यक्रम सञ्चालन हुने वडाका अध्यक्ष, वातावरण अधिकृत सन्तोष काफ्ले तथा कार्यक्रमको साझेदार संस्थाका प्रतिनिधि रहने छन् भने सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईं रहनुभएको छ ।

3515
Shares

ट्रेन्डिङ