सबैको समाचार
शुक्रबार, जेष्ठ ३, २०८२
  • होमपेज
  • नेता अन्सारी निवस्त्र मुख्य सडकमा उत्रिए

नेता अन्सारी निवस्त्र मुख्य सडकमा उत्रिए

‘ल सरकार हामीसँग भएको सम्पत्ती यत्ति हो, यही बेचेर कर बुझ्नु’

7420
Shares
नेता अन्सारी निवस्त्र मुख्य सडकमा उत्रिए

वीरगञ्ज, २२ जेठ : सरकारले जेठ २५ गते भित्र कर नतिरे जरिवाना लिने सूचना जारी गरेपछि यसको चौतर्फी बिरोध सुरु भएको छ । वीरगञ्जमा सत्तारुढ दल नेकपाकै नगर कमिटीले अर्थमन्त्रीको बिरोध गर्दै सडकमा अर्धनग्न प्रदर्शन गरेका छन् । पानी परेका बेला पनि भिज्दै उनीहरुले कपडा खोलेर अर्धनग्न विरोध प्रदर्शन गरेका हुन् ।

नेकपाका वीरगञ्ज महानगर कमिटी अध्यक्ष रहबर अन्सारीको नेतृत्वमा घण्टाघर चोकमा भेला भएका युवाहरुले जनता भोका भएका बेला सरकारले कर तिर्ने समय तोकेर नागरिकको ढाड सेक्ने काम गरेको आरोप लगए ।

उनीहरुले जनता भोका छन्, चुल्हो निभेको छ, अर्थमन्त्री मुर्दाबाद, बैंक ब्याज मिनाहा गर, सम्पूर्ण कर मिनाहा गर, डुबन्ते अर्थमन्त्री चाहिँदैन लगायतका नारा अंकित प्लेकार्ड बोकेका थिए । अर्थमन्त्री डा.युवराज खतिवडाको निर्देशनमा आन्तरिक राजश्व विभागले यही जेठ २५ गतेभित्र कर नतिरे जरिवाना गर्ने सूचना जारी गरेको थियो ।

यसको चौतर्फी बिरोध हुन थालेपछि सरकारले कर तिर्ने समय थप गरेको छ । बुधबार दिउँसो आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्मका लागि थप गरेको नयाँ सूचना जारी गरिसकेको छ । सरकारले दुई महिनाभन्दा बढी समयदेखि नागरिकलाई घरभित्रै थुनेर अहिले कर तिर्न उर्दी जारी गर्नु उचित नभएको भन्दै सर्बत्र यसको विरोध सुरु भएको छ ।

7420
Shares

ट्रेन्डिङ