सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ६ महिला सहित ७१ जनाले गरे रक्तदान

६ महिला सहित ७१ जनाले गरे रक्तदान

5725
Shares
६ महिला सहित ७१ जनाले गरे रक्तदान

बिरगंज , जेष्ठ २४: बिरगंजमा रगतको अभाव भएसङै रगत सहजरुपमा सबैले पाउन भन्दै लकडाउनको बेला पनि सामाजिक दुरि कायम गरि रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । दुर्गा पुजा सेवा समिति रानिघाटको आयोजनामा भएको १३ औं पटकको खुल्ला रक्तदान कार्यक्रममा ६ महिला सहित ७१ जनाले रक्तदान गरेका थिए। दुर्गा पुजा सेवा समिति रानिघाटका सल्लाहकार बिजय पौडेलले जुश खुवाएर कार्यक्रम सुभारम्भ गर्नु भएको थियो ।

रक्तदान गर्नु हुनेहरुमा उमा मानन्धर , बबिता व्याहुत , सतिश सिंह, बिरेन्द्र साह , निरन्जन साह , राजिब साह , सन्दिप साह निरज गुप्ता ,सदाशिव गुप्ता , हरेन्द्र चौधरी , नुरुलहोदा, रामाकान्त साह , सन्दिप रौनियार , राजु गुप्ता ,!रबि गुप्ता , प्रमोद रौनियार ,राजकुमार चौधरी ,:मनोजगुप्ता , साजन सिंह राजपुत लखन साह कानु र श्याम कलवार रहेका छन ।

समितीका अध्यक्ष सतिश सिंह राजपुतको अध्यक्षतामा र दुर्गा पुजा समिती रानिघाटका सल्लाहकार बिजय पौडेलको प्रमुख आतिथ्य रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । त्यसै गरि समाज परिवर्तन नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित ६१ जनाले रक्तदान गरेका थिए ।

5725
Shares

ट्रेन्डिङ