सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • मनाङलाई पाखा लगाउँदै रुपन्देही सेमिफाइनलमा

मनाङलाई पाखा लगाउँदै रुपन्देही सेमिफाइनलमा

4085
Shares
मनाङलाई पाखा लगाउँदै रुपन्देही सेमिफाइनलमा

नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मनाङ मस्र्याङ्दीलाई १–२ गोलले पाखा लगाउँदै रुपन्देही–११ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ ।
खेलको ७५ औँ मिनेटमा सुशील लामाले गरेको गोलपछि अग्रता लिएको मनाङले आफ्नो जितलाई भने सुनिश्चित गर्न सकेन । खेलको ८७ र ८८ मिनेटमा रुपन्देहीका लागि उत्तम गुरुङ र अमर डङ्गोलले एक÷एक गोल गरेपछि मनाङको अगाडिको खेल यात्रा रोकिन पुग्यो ।
नकआउटका आधारमा खेलाइएका खेलमा यो हारसँगै मनाङ खेलबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत भोलि पहिलो सेमिफाइनल खेल सङ्कटा क्लब र सुदूरपश्चिम–११ बीच हुनेछ । रासस

4085
Shares

ट्रेन्डिङ