सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेबाट बाग्मती प्रदेशको राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक शिलान्यास

काभ्रेबाट बाग्मती प्रदेशको राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक शिलान्यास

1435
Shares
काभ्रेबाट बाग्मती प्रदेशको राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक शिलान्यास

काभ्रे : बाग्मती प्रदेशको राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक शिलान्यास गरिएको छ ।

वी.पी राजमार्गको कटुञ्जेदेखि खार्पाचोक लेखपानी–सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकूले–तालढुंगा हुँदै हेटौंडा जाने प्रादेशिक सडक शिलान्यास गरिएको हो ।

पूर्वाधार विकास कार्यालय धुलिखेल मार्फत पहिलो चरणमा १५ किलोमिटर सडक स्तरोन्नतीको लागि ठेक्का आव्हान भएको थियो । रिटेनिङ वाल, स्ल्याब कलभर्ट, ह्युमपाइप कल्भर्ट लगायतका संरचना निर्माण हुने गरी ५१ करोड ४४ लाख लागतमा निर्माण व्यवसायी सिद्ध बाबा-ग्रीन तारा जेभीले ठेक्का सकारेको हो । बागमती प्रदेश सरकारले आयोजनाको लागि गत आर्थिक बर्षमा नै ९४ करोड ६९ लाख श्रोत सुनिस्चित गरेको छ । चालु आर्थिक बर्षको लागी ७ करोड बिनियोजन भएको छ ।

बाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, खानेपानी उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामा, प्रदेशका पूर्वमन्त्री समेत रहेका प्रदेश सभा सदस्य रत्न ढकालले संयुक्त रुपमा शिलान्यास गरे । आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले २० लाख भन्दा कम बजेटका योजनामा प्रदेशले बिनियोजन नगरेको भन्दै साना योजनाका माग धेरै भएकाले समस्या भएको बताए ।

तीन तहका सरकारमा योजनामा दोहोरोपना नहुने भन्दै सबैले देखिने, सुनिने र अनुभव गर्ने खालका आयोजना थालिने बताए । उनले शिलान्यास गरिएको सडकको लागि श्रोत सुनुस्चित भैसकेकोले निर्माण सम्पन्न हुनेमा बिश्वस्त हुन अनुरोध गरे । भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले ६ हजार किलोमिटर सडकलाई प्रादेशिक सडकमा सुचीकृत गरेर प्राथमिकताका आधारमा कालोपत्रे गर्दै लैजाने योजनामा प्रदेश सरकार रहेको बताए ।

प्रदेशको एकल श्रोतमा ठेक्का लागेको प्रदेशकै ठूलो बजेट भएको योजना भएको जानकारी दिदै भौगोलिक बिकट र धेरै जनसंख्याका आधारमा बागमती प्रदेशका जिल्ला मध्ये काभ्रेमा धेरै बजेट बिनियोजन भएको बताए । स्थानीय समेत रहेका खानेपानी उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले १०-१२ बर्ष अघि चन्दा उठाएर सुरु गरिएको सडक निर्माण गर्ने सपना साकार भएको बताए । ३ पटक आफुलाई जनताले प्रतिनिधिको रुपमा अनुमोदन गरेको भन्दै उनले उनिहरुको जिवनस्तर उकास्न सधै लाग्ने प्रतिबद्धता जनाए । काभ्रे क्षेत्र नम्बर १ भौगोलिक रुपमा विकट रहेको भन्दै यहाँका बिकास आयोजनालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिदिन प्रदेश सरकारका आर्थिक योजना र भौतिक पुर्वाधार मन्त्रीलाई अनुरोध गरे ।

प्रदेशका पूर्वमन्त्री समेत रहेका प्रदेश सभा सदस्य रत्न ढकालले रणनीतिक महत्त्वको सडक भएको भन्दै क्षेत्र नम्बर १ का अन्य सडक पनि क्रमशः स्तरोन्नति गरिने बताए । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वाले संघीयताका कारण तल्लो तह सम्म बजेट गएकाले यसलाई सस्थागत गरिनुपर्ने बताए । तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाले उक्त सडकले तेमाल गाउँपालिका समेत लाभान्वित हुने तर्क गर्दै जिल्लाकै गौरवको बिषय भएको बताए ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले सडक निर्माणले गाउँपालिकाको एउटा महत्त्वपूर्ण सपना पूरा भएको भन्दै प्रदेश सरकारको सहयोगको निरन्तरताको अपेक्षा गरे । रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाइवाले सडक शिलान्यास भएकोमा खुसी व्यक्त गर्दै अर्को बर्ष पिन्थली-रजवास सडक शिलान्यास गर्न पाइने अपेक्षा गरे । रोशी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष अशोक गौतमले आयोजनाको प्रथम विन्दुबाट काम शुरु भएर समयमा सम्पन्न हुने अपेक्षा गरे ।

1435
Shares

ट्रेन्डिङ