सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • म याे बिरूवा हुर्काउन प्रतिबद्ध छु

म याे बिरूवा हुर्काउन प्रतिबद्ध छु

6505
Shares
म याे बिरूवा हुर्काउन प्रतिबद्ध छु

वीरगञ्ज : विश्व वातावरण दिवसका अवसरमा शुक्रबार “म याे बिरूवा हुर्काउन प्रतिबद्ध छु” भन्ने नाराका साथ सर्वसाधारणलाइ बिरूवा बाँडेकाे वातावरण जिउने आधार नामक संस्थाले शनिबार सडक छेउमा हुर्काइएका बिरूवाहरू बारे अध्ययन गरेकाे छ । सडक छेउमा राेपिने बिरूवाहरूकाे पनि निश्चित मापदण्ड भएका कारण वीरगञ्ज महानगर अन्तर्गत रहेका सडककाे छेउमा राेपिएका बिरूवाहरू मापदण्ड बमाेजिम छन् वा छैनन् भन्ने बुझ्नका लागि अध्ययन सुरू गरिएकाे संस्थाका राष्ट्रिय अध्यक्ष आकाश चाैहानले बताएका छन् । शनिबारबाट सुरू गरिएकाे अध्ययन वीरगञ्ज महानगरका सबै वडाहरूमा हुनेछ । अध्ययनकाे पहिलाे दिन शनिबार संस्थाका वीरगञ्ज कार्यबाहक अध्यक्ष सौरभ बर्णवालकाे नेतृत्वमा रहेकाे अध्ययन टाेलिले आदर्शनगरकाे सडक छेउमा राेपिएका बिरूवाहरू बारे अध्ययन गरेकाे छ ।

अध्ययन टाेलीमा संस्थाका राष्ट्रिय अध्यक्ष चाैहन सहित प्रभाकर चाैरसिया, मयन्क राैनियार, अमन दास, साहिल, दिपु वर्णवाललगायतका रहेका छन् । आदर्शनगरकाे सडक छेउमा राेपिएका बिरूवाहरू मापदण्ड विपरीत रहेकाे संस्थाका राष्ट्रिय अध्यक्ष चाैहानले बताए । उनले भने “एकै ठाउँमा दुइ – तीनवटा सम्म बिरूवाहरू राेपिएका छन् । आदर्शनगरमा राेपिएका बिरूवाहरू मध्ये अधिकांश बिरूवाहरू खेतबारीमा राेप्ने प्रकृतीका छन् ।” अध्ययनका क्रममा सडक छेउमा आँप, अम्बा लगायतका विशाल वृक्षका बिरूवाहरू पनि भेटिएकाे चाैहानले बताए । यस्ता बिरूवाहरू समयसँगै विशाल आकार लिन्छन् र यिनका जडाले सडकमा दरार ल्याएर सडकलाइ जिर्ण पारदिनसक्छन् । साथै यस्ता वृक्षहरूले घना बस्तीका बासिन्दालाइ नुक्सानी पनि पुर्याउँछ ।

पर्यावरण सम्बन्धी यथेष्ट जानकारीकाे अभावमा यस्ताे भएकाे हुनसक्ने चाैहनले बताए । उनका अनुसार सडक छेउमा राेपिने बिरूवाहरूले पर्यावरणलाइ सुन्दर, सफा राख्नुका साथै सडकमा जम्मा हुने वर्षाकाे पानी साेख्ने खालका हुनुपर्छ । त्यस्तै सडकमा उत्पन्न हुने ध्वनी प्रदुषणलाइ पनि न्युन पार्न सक्ने प्रकृतीका बिरूवाहरूकाे राेपण गर्न आवश्यक रहेकाे उनकाे भनाइ छ । करिब दुइ सातासम्म चल्ने याे अध्ययनले प्रतिवेदन समेत तयार पार्नेछ । यसरी तयार पारिएकाे प्रतिवेदनलाइ सम्बन्धीत निकायहरू, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू र सञ्चार माध्यमा सार्वजनिक गरिने लक्ष्य रहेकाे संस्थाका सञ्चार अधिकारी दिपु वर्णवालले बताए ।

6505
Shares

ट्रेन्डिङ