काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य १ हजार ९०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको छ ।
तेजावी सुन प्रतितोला १ लाख ४४ हजारमा कारोबार भएको छ ।
यसअघि बिहीबार छापावाल सुन १ लाख ४२ हजार ८ सयमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य विहीबार १ लाख ४२ हजार १ सयमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १ हजार ८६५ रुपैयाँमा कारोबार भईरहेको छ ।