सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टमबाट पुष्टि ,टिचिङले दियो झुण्डिएर मृत्यु भएको रिपोर्ट

शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टमबाट पुष्टि ,टिचिङले दियो झुण्डिएर मृत्यु भएको रिपोर्ट

2020
Shares
शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टमबाट पुष्टि ,टिचिङले दियो झुण्डिएर मृत्यु भएको रिपोर्ट

काठमाडौं ।  चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको  पुष्टि भएको छ । 

त्रिवि अस्पतालले आज पोस्टमार्टम रिपोर्ट प्रहरीलाई पठाएको स्रोतले बतायो । रिपोर्टमा मृत्यूको कारण ह्याङ्गिङ (झुण्डिएर) भनिएको छ । सामाजिक सञ्जालमा बलात्कार र हत्या भन्दै प्रचारप्रसार भएपछि प्रहरी दबाबमा परेको थियो ।

गत १० फागुनमा विद्यालयको छात्रावासको कोठामा शालिन मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो । तर, परिवारले अस्पतालको विश्वास नभएको भन्दै दवाव दिएर शव त्यहाँबाट निकालि प्रहरीको रोहबरमा काठमाडौं ल्याएको हो ।

2020
Shares

ट्रेन्डिङ