सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रुपन्देही हत्या अपडेट : मृतकहरूको परिचय खुल्यो

रुपन्देही हत्या अपडेट : मृतकहरूको परिचय खुल्यो

8990
Shares
रुपन्देही हत्या अपडेट : मृतकहरूको परिचय खुल्यो

रुपन्देही: रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा भएको सामुहिक हत्याकाण्डमा ज्यान गुमाउने ५ जनाको परिचय खुलेको छ। मारिनेमा १ महिला र ४ पुरूष रहेका छन्। उनीहरूको नाम खुलेपनि ठेगाना भने खुलेको छैन।

घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेका छन्। कान्छीबजारको मैनहवा स्थित स्थानीय कृष्ण पुनको भैंसीफर्ममा उनीहरूको हत्या भएको हो। प्रहरी घटनास्थल पुगिसकेको छ भने मुचुल्का उठाउने काम भइरहेको छ। एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

8990
Shares

ट्रेन्डिङ