सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा एकै परिवारका चार शब फेला , मृत्यु रहस्यमय, पोस्टमार्टमका लागि शब शिक्षण अस्पतालमा

काभ्रेमा एकै परिवारका चार शब फेला , मृत्यु रहस्यमय, पोस्टमार्टमका लागि शब शिक्षण अस्पतालमा

9930
Shares
काभ्रेमा एकै परिवारका चार शब फेला , मृत्यु रहस्यमय, पोस्टमार्टमका लागि शब शिक्षण अस्पतालमा

काभ्रे, ७ साउन । काभ्रेको बनेपामा नगरपालिका बसपार्कमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका एसएसपी सहकुल बहादुर थापाका अनुसार मृत्यु हुनेमा हरिभक्त दाहाल, उनकी ६० वर्षीया श्रीमती हरिमाया दाहाल, ३२ वर्षीय छोरा राजाराम दाहाल र २५ वर्षीया छोरी रञ्जना दाहाल रहेका छन् । प्रहरीका अनुसार बनेपा–७ स्थित बसपार्कमा गौतम भोजनालय नामको होटल सञ्चालन गर्दै आएका दाहाल परिवार मृत भेटिएका हुन् । राजारामको दुई श्रीमती रहेका छन् । कान्छी श्रीमती पुजा राजारामसँगै बनेपामा र जेठी श्रीमती कमला स्थायी घर साविकको टुकुचा नाला गाविस–८ हालको बनेपा नगरपालिका वडा नम्बर २ मा खेती किसानी गर्दै आइरहेकी थिइन । जेठी श्रीमतीको एक छोरा र छोरी छन भने कान्छी श्रीमती पुजाको एक छोरा रहेका छन् ।
बनेपाको बसपार्क निकै ब्यस्त ठाउँ हो । दाहालको होटलमा खाना खान गाउँबाट सहर आएका र गाडीका स्टापहरुको निकै बाक्लो घुइचो लाग्ने गर्थ्र्यो । तर शुक्रबार अपरान्ह ५ बजेदेखि नै होटलको सटर लागेको थियो । राती ९ बजेतिर इलाका प्रहरी कार्यालय बनेपामा फोन आयो । गौतम होटलको सटर बन्द छ केहि भएको हुनु पर्छ भनेपछि प्रहरीको मोबाईल टोली घटना स्थल पुग्यो । प्रहरीले हेर्दा साना सिसा खसेको र सटर बन्द भएको अवस्था थियो । अगाडीको सडर र पछाडिको ढोका समेत बन्द अवस्थामा फेरीले भोजनालयलाई घेरा हाल्यो । भोजनालयमा मान्छेहरु पनि बस्ने गरेको र भित्रका बाट एक किसिमको हु हु भनेको आवाज आएको थियो ।
त्यहा केहि भएको पक्कै हुनुपर्छ भनेपछि प्रहरी र स्थानीयले करिब आधा घण्टा लगाएर सटर फोरे । सटर खोलेर हेरेपछि चार जना ढलिरहेको देख्यो । दुई जना महिला र दुई जना पुरुष ढलिरहेका फेला पारेपछि थप प्रहरी घटनास्थल पुग्यो । ढोका भित्रबाट बन्द रहेको थियो । घटना स्थलबाट प्रहरीले तीन वटा सेल्फस नामक विषादीको सिसि समेत फेला पारेको छ । आफै खाएको हो वा अरुले खुवाएको हो त्यो भने पोष्टमार्ट रिपोर्ट पछि मात्रै थाहा पाउने छ । घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोको टोली समेत घटनास्थल आइपुगेको थियो । शिक्षण अस्पताल महाराजगञ्जका डाक्टर सहित ब्यूरोका डिएसपी अरुण पौडेलको नेतृत्वमा ७ जनाको टोलीले अनुसन्धान थालेको हो ।

त्यस्तै इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला प्रहरी कार्यालय समेत छुट्टै अनुसन्धान टोली गठन गरेर घटनाको छानविन सुरु गरेको काभ्रेका प्रहरी प्रमूख थापाले बताए । मृतका आफन्तले  सहमति पछि शब घटनास्थबाट उठाउन दिएपछि पोस्मार्टमका लागि शिक्षण अस्पताल महाराजगनमा लगेका थिए । बनेपा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरिशरण घिमिरेले दुई घण्टासम्म बसेको वार्ताले शब उठाउने सहमति भएको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयका एसपी सहकुलबहादुर थापा, डिएसपी नबिनराज राई ,इलाका प्रहरी कार्यालयका प्रमुख अनिल कुमार घिमिरे , बनेपा नगरपालिका उपमेयर रेखा सापकोटा दाहाल, वडा नम्बर ३ का वडाध्यक्ष कृष्णप्रसाद दाहाल, वडा नम्बर ८ का वडाध्यक्ष दानबहादुर मानन्धर, वडा नम्बर ९ का वडाध्यक्ष शेरबहादुर सुवालको रोबहरमाम सहमति भएको हो ।

मृतक राजाराम दाहालका जेठी श्रीमती कमला र कान्छी श्रीमती पुजा दाहाल बिच कान्छी श्रमती पुजासँग रहेको बनेपाको घर, वडा नम्बर २ मा रहेका ७ रोपनी ८ आना  जग्गा र कान्छी र जेठी  श्रीमती कमलाको बालबच्चाहरुलाई बराबरी गर्ने सहमति भएपछि शब उठाएको हो । शव पोस्मार्टमका लागि शनिवार साँझ शिक्षण अस्पताल महराजगनमा लगिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नबिनराज राईले जनाकारी दिए । मृतक राजाराम दाहालका जेठी श्रीमती पक्षका आफन्तहरुले सम्पत्तिका कारण कान्छी श्रीमतीले हत्या गरेको आरोप लगाएका छन् । राजारामले भएभरका सम्पत्ति कान्छी श्रीमतीको नाममा गरिदिएको र जेठी श्रीमतीले पनि सम्पत्तिमा दाबी गरेपछि सामूहिक हत्या गरेको उनीहरुको दाबी ।
कान्छी श्रीमतीको नाममा रहेको सम्पत्ति जेठी श्रीमतिलाई पनि दिने सहमति आफन्तहरुले शव बुझिलिएका छन् । जिल्ला प्रहरी प्रमूख प्रहरी उपरीक्षक सहकुल बहादुर थापा, वडाध्यक्ष हरिशरण घिमिरे, मृतक राजारामका कान्छी श्रीमती पुजा, जेठी श्रीमती बीच इलाका प्रहरी कार्यालय बनेपामा भएको सर्वपक्ष छलफल भएको थियो । घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोको टोली समेत घटनास्थल आइपुगेको छ ।
शिक्षण अस्पताल महाराजगञ्जका डाक्टर सहित ब्यूरोका डिएसपी अरुण पौडेलको नेतृत्वमा ७ जनाको टोलीले अनुसन्धान थालेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला प्रहरी कार्यालय समेत छुट्टै अनुसन्धान टोली गठन गरेर घटनाको छानविन सुरु गरेको काभ्रेका प्रहरी प्रमूख थापाले बताए ।

9930
Shares

ट्रेन्डिङ