सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१

अब ड्युटीमै रोबोट पुलिस !

7125
Shares
अब ड्युटीमै रोबोट पुलिस !

युएइको दुबईमा रोबोटले पुलिसको ड्युटी गर्न थालेको छ । दुबई पुलिसले रोबोट पुलिस अफिसरलाई ड्युटीमा खटाएको हो । हालका लागि रोबोट पुलिस अधिकारीलाई दुबईका शपिङ मल तथा अन्य पर्यटकीय स्थलहरुको गस्तीमा खटाइएको छ ।
मानिसहरुले यस रोबोट पुलिसका माध्यमबाट अपराधको सूचना दिन सक्नेछन् । साथै जरिवाना तिराउनमा पनि यसको प्रयोग हुनेछ । यतिमात्र होइन यो रोबोट पुलिसको छातिमा रहेको टचस्त्रिmनबाट विभिन्न जानकारीहरु समेत हासिल गर्न सकिनेछ । यो रोबोट पुलिसले विभिन्न जानकारीहरु संकलन गरी ती डाटाहरुलाई यातायात तथा ट्राफिक विभागलाई प्रदान गर्नेछ ।
आउँदो सन् २०३० सम्ममा प्रहरी बलमा २५ प्रतिशत रोबोट भर्ति गर्ने योजना दुबई प्रशासनको रहेको छ । तर रोबोट पुलिसले मानव प्रहरीको ठाउँ भने नलिने र केवल सहायकको भूमिका मात्र खेल्ने प्रष्ट पारिएको छ ।
दुबई पुलिसको स्मार्ट सर्भिसेज विभागका महानिर्देशक बि्रगेडिएर खालिद अल रजूकी भन्छन्ः हामी यी मेसिनको बदलामा हाम्रा पुलिस अधिकारीहरुलाई हटाउन गइरहेका छैनौँ । तर जुन रुपमा दुबईमा मानिसहरुको संख्या बढिरहेको छ त्यस अनुसार सहरको सुरक्षाका लागि सही स्थानमा पुलिस अधिकारीहरुलाई तैनाथ गर्न यी मेसिनहरुले सहयोग गर्नेछन् ।
– बीबीसी

7125
Shares

ट्रेन्डिङ