सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • म्याद गुज्रेको ५६ बोरा चिउरा र म्याद गुज्रेको पेय पदार्थ नियन्त्रणमा लिई नगद जरिवाना

म्याद गुज्रेको ५६ बोरा चिउरा र म्याद गुज्रेको पेय पदार्थ नियन्त्रणमा लिई नगद जरिवाना

1045
Shares
म्याद गुज्रेको ५६ बोरा चिउरा र म्याद गुज्रेको पेय पदार्थ नियन्त्रणमा लिई नगद जरिवाना

काभ्रे :- चाडवार्ड लक्षित बजार अनुगमनका क्रममा जिल्लाको अनुगमन समितिले आज अनुगमनका क्रममा धुलिखेल बजारमा रहेको अनुज एन्ड ब्रदर्स स्टोरबाट म्याद गुज्रेको ५६ बोरा चिउरा र केहि पसलमा म्याद गुज्रेको पेय पदार्थ नियन्त्रणमा लिई नस्ट गर्दै नगद जरिवाना समेत गरेको छ।

जिल्लास्तरीय संयुक्त बजार अनुगमन समितिले धुलिखेल बजारमा रहेको अनुज एन्ड ब्रदर्स स्टोरबाट म्याद नाघेका ५६ बोरा चिउरा नियन्त्रणमा लिई नस्ट गरेको हो । जिल्ला अनुगमन समितिको रोहबरमा भएको अनुगमनका क्रममा म्याद नागेको चिउरा ,पेय पदार्थ , मदिरा , ३ वटा पसललाई कारवाही समेत गरेको छ।

मदिराहरु र अन्य पेय पदार्थ समेत म्याद नागेको फेला पारे पछी कारवाही सहित जरिवाना गरिएको हो । नगद जरिवाना गरिएकोमा ३ पसललाई १० हजार र एक लाई ५ हजार जरिवाना गरिएको छ। जसमा चिउरा पसललाई १० हजार , श्री कृष्ण भोजनालय अड्डाबजारमा म्याद गुज्रेको मादक पदार्थ बेच्ने एक होटललाई १० हजार , स्लाईस भेटिएको एक पसललाई ५ हजार जरिवाना गरिएको जिल्ला प्रसाशन कार्यालय काभ्रेका नायब सुब्बा नकुल गिरीले जानकारी दिनु भयो।

जिल्ला सदरमुकाम धुलिखेलका बजारमै यस्तो अखाध्य भैसकेको समान समेत किनबेच भैरहदा जिल्लाका अन्य बजारको अनुमान पनि सहजै लगाउन सकिन्छ । अनुगमनमा जिल्ला प्रशाशनका प्रतिनिधि , उधोग बाणिज्य प्रतिनिधि , खाध्य गुण नियन्त्रणका प्रतिनिधि र नागरिक समाजको प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। आजको अनुगमनमा २१ वटा खाध्य पसल र खाजा र खाना पाउने होटलमा अनुगमन गरिएको नायब सुब्बा नकुल गिरीले जानकारी दिनु भयो।

1045
Shares

ट्रेन्डिङ