सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा कोरोना भाईरसबाट निको हुनेको संख्या ३ हजार २० पुग्यो

काभ्रेमा कोरोना भाईरसबाट निको हुनेको संख्या ३ हजार २० पुग्यो

अझै एक सय ३ जना सक्रिय संक्रमित

4160
Shares
काभ्रेमा कोरोना भाईरसबाट निको हुनेको संख्या ३ हजार २० पुग्यो

काभ्रे, पुस ५ : काभ्रेका कोरोना भाईरसको संक्रमित मध्ये आज ३ जना डिस्चार्ज भए संगै निको हुनेको संख्या हाल सम्म ३ हजार २० पुगेको छ । आज जिल्लामा २ जनामा संक्रमण पुष्टि भएको छ । बनेपाका १ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

हाल सम्म जिल्लामा संक्रिमित हुनेको संख्या ३ हजार १ सय ६५ पुगेको छ । जिल्लामा अझै एक सय ३ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये १४ जना अस्पताल आइसोलेसनमा छन् भने ८९ जना होम आइसोलेसनमा छन् ।

जिल्लामा भाईरसको संक्रमणका कारण ५८ जनाको ज्या’न गइसकेको छ । उनीहरु मध्ये ४२ जना जिल्लाकै हुने भने १६ जना अन्य जिल्लाका हुन् ।

4160
Shares

ट्रेन्डिङ