सबैको समाचार
बुधबार, चैत्र १२, २०८१
  • होमपेज
  • बजार खोल्न सूचना जारि,प्रशासनको सहमति छैन

बजार खोल्न सूचना जारि,प्रशासनको सहमति छैन

6315
Shares
बजार खोल्न सूचना जारि,प्रशासनको सहमति छैन
  • सुनिल श्रेष्ठ

वीरगञ्ज / आइतबार देखि बन्द भएको वीरगञ्ज बजार सोमबार पुन: सञ्चालनमा आउने कुनै सहमति नभएको स्थानीय प्रशासनले जनाएको छ । बजार सञ्चालन गर्ने वीरगञ्ज उद्योग वाणिज्य संघ सँग कुनै सहमति नै नभएको जिल्ला प्रशासन कार्यालय पर्साले जानाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारि ललितकुमार बस्नेतले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले दावी गरे अनुसार बजार सञ्चालनको लागि कुनै सहमति नभएको जनाकारी दिए ।

‘बजार खोल्न हामी सँग कुनै सहमति भएको छैन, पर्सा र बारामा नयाँ कोरोनाभाइरसका संक्रमितहरु भेटिएकाले थप सतर्कता अपनाउन आवश्यक रहेको,’साहयक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘अहिले लकडाउन खुकुलो पार्न सकिंदैन, उद्योग वाणिज्य सङ्घले कसरी सूचना जारी गर्यो मलाई थाहा छैन ।’ यता वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सोमबार प्रहरी र प्रशासनसँग सहमति भएको दाबी गर्दै बजार खोल्न एउटा सूचना जारि गरेको छ ।

सूचनामा पुर्व आदेश अनुसार सामाजिक दुरी लगयातका नियमहरु पालना गर्दै बजार खोल्ने आग्रह गरिएको छ । सङ्घका महासचिव माधव राजपालले जारि गरेको उक्त सूचनामा सङ्घद्वारा जारि गरिएको मापदण्ड अनुसार आलोपालोको नियमलाई पालना गर्दै पसलहरु खोल्न उल्लेख गरिएको छ ।

6315
Shares

ट्रेन्डिङ