सबैको समाचार
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • युवाहरुबीच कुटाकुट : एक युवाको मृत्यु, ६ जना प्रहरी नियन्त्रणमा

युवाहरुबीच कुटाकुट : एक युवाको मृत्यु, ६ जना प्रहरी नियन्त्रणमा

7990
Shares
युवाहरुबीच कुटाकुट : एक युवाको मृत्यु, ६ जना प्रहरी नियन्त्रणमा

खोटाङ, जेठ २७ : कुटाकुट हुँदा खोटाङमा एक युवाको मृत्यु भएको छ। झगडाका क्रममा कुटाकुट हुँदा खोटेहाङ गाउँपालिका–३ सावाकटहरे मझुवाका २७ वर्षीय सन्तोष राईको मृत्यु भएको हो।

सोमबार साँझ कुटिएपछि घाइते भएका सन्तोष सुताएकै ठाउँमा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए। कुटपिटपछि घाइते भएका राईलाई घट्नामै संलग्न लालबहादुर सुनुवारको घरमा लगेर राखिएकोमा बिहान मृत्यु भएको स्थानीयले बताएका छन्।

झगडामा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। युवाबीचमा तीनडाँडास्थित एक स्थानीयको घरमा झगडा भएको थियो। उनीहरुबीचमा भएको झगडाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। शव पोष्टर्माटमका लागि प्राथमिक स्वास्थ्यचौकी चिसापानीमा पुर्‍याएको छ।

7990
Shares

ट्रेन्डिङ