सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • खुँडा प्रहार गरी पुरुषको हत्या

खुँडा प्रहार गरी पुरुषको हत्या

6600
Shares
खुँडा प्रहार गरी पुरुषको हत्या

ललितपुर, २८ जेठ : ललितपुरको बाँडेगाउँमा एक पुरुषको हत्या भएको छ । भाडामा बस्दै आएका सोही स्थानका ३८ वर्षीय अमित शाहीको खुँडाले हानेर हत्या गरिएको हो ।

‘हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा शव फेला परेको छ,’ ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘हत्या कसले किन गर्यो भन्नेबारे अनुसन्धान गर्दैछौं ।’

मृतकका भिनाजु लक्ष्मी बहादुरका अनुसार २ बजे राति घरबाट बोलाएर हत्या गरिएको हो । घटना भएको थाहा पाएलगत्तै उनी घटनास्थल जान लागेको जानकारी दिए ।

यसअघि मंगलबार रुपन्देहीको तिलोतमा नगरपालिकामा ५ जनाको सामूहिक हत्या भएको थियो । हत्यामा संलग्न सुर्खेतका झपेन्द्र सिंजालीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

6600
Shares

ट्रेन्डिङ