सबैको समाचार
सोमवार, असार ८, २०८३
  • होमपेज
  • ४२ घन्टापछि कैलाली कारागारको सुरक्षा नियन्त्रणमा आयो

४२ घन्टापछि कैलाली कारागारको सुरक्षा नियन्त्रणमा आयो

495
Shares
४२ घन्टापछि कैलाली कारागारको सुरक्षा नियन्त्रणमा आयो

कैलाली । हिंसात्मक झडपले अस्तव्यस्त बनेको कैलाली कारागार ४२ घन्टापछि सुरक्षा नियन्त्रणमा आएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिमको टोलीले आइतबार साँझदेखि अनुमगन र अध्ययन सुरु गरेको हो ।

कैदीबन्दीहरुबीच कुटपीट, घाइते तथा मृत्युको घटनाबाट अवस्था अनियन्त्रित भएपछि कुनै जानकारी लिन नसकेको र नियन्त्रण गर्न नसकेको प्रशासन ४२ घण्टापछि बन्दी गृहभित्र प्रवेश गरेको हो ।

अनुगमनबाट फर्केका राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक प्रकाशदत्त भट्टले बन्दीगृह भित्रका कैदीबन्दीको अवस्था सामान्य रहेको बताउनुभएको छ । कारागार प्रशासनले घटनाको तेस्रो दिन कैदीबन्दीहरुको ‘हेड काउण्ट’ समेत गरेका छन् । सामान्य अवस्थामा हरेक साँझ कारागार प्रशासनले कैदीबन्दीको गणना गर्नुपर्ने नियम छ ।

घटना भएको दिन कूल सात सय कैदीबन्दी रहेकोमा अहिले ३ सय ९८ जना ‘ए’ ब्लकमा, एक सय ९६ जना ‘बी’ ब्लकमा र महिला ब्लकमा ५७ जना रहेको पाइएको निर्देशक भट्टले जानकराी दिनुभयो । शुक्रबार रातिको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४८ जना घाइते उपचाररत छन् ।

495
Shares

ट्रेन्डिङ