सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • धुलिखेलको फस्कोटमा बुद्ध पार्क बन्ने

धुलिखेलको फस्कोटमा बुद्ध पार्क बन्ने

6965
Shares
धुलिखेलको फस्कोटमा बुद्ध पार्क बन्ने

धुलिखेल : धुलिखेल नगरपालिका वडा नम्बर १० को फस्कोट पिङ डाँडामा बुद्ध शान्ति पार्क बन्ने भएको छ । डिभिजन बन कार्यलय धुलिखेलको १० लाख तथा धुलिखेल नगरपालिकाको १० लाख गरि २० लाख लागतमा पार्क बन्ने लागेको हो ।

पार्क बन्ने ठाउँको आज धुलिखेल नगरपालिकाका प्राविधिकहरुले स्थलगत नापजाँच गरेको नगरपालिका इन्जिनियर हरेराम हुमागाईले जानकारी दिनुभयो । मुद्धको मुर्ती सहतिको पार्क चालु आर्थिक वर्षभित्र निर्माण पुरा भइसक्ने वडाध्यक्ष पुष्प राउतले बताउनुभयो ।

यसैबीच धुलिखेल नगरपालिकाले खड्गी समुदायलाई साँस्कृतिक धिमे बाजा प्रदान गरेको छ । नगरप्रमुख अशोक ब्याञ्जुले आज धुलिखेल खडगी सेवा समितिलाई साँस्कृतिक लोकबाजा भित्र पर्ने धिमेबाजा हस्तान्तण गर्नुभएको हो । चालु आर्थिक वर्षको बजेट मार्फत बाजा वितरण गरिएको नगरप्रमुख ब्याञ्जुले बताउनुभयो ।

6965
Shares

ट्रेन्डिङ