सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, ५ जना बेपत्ता

काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, ५ जना बेपत्ता

470
Shares
काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, ५ जना बेपत्ता

काभ्रेपलान्चोक । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै पहिरो जाँदा स्थानीय अर्जुन भण्डारीको परिवार सम्पर्कविहीन भएको हो ।

पनौती नगरपालिका–११, वडासदस्य गीता थापाका अनुसार पहिलोले ३ घरमा पूर्ण क्षति पु¥याएको थियो । २ घरका परिवार भागेर सुरक्षित ठाउँमा पुग्न सके पनि भण्डारीको परिवार पहिरोमा परेर सम्पर्कविहीन भएको हो ।

बिहान करिब साढे ३ बजे गएको पहिरोमा परी बेपत्ता भण्डारीको परिवारको उद्धारका लागि विपद उद्धार बेस पनौतीबाट १५ जनाको टोली खटिएको छ । वर्षाले नै पनौतीको स्थानीय गर्ध खोलामा पहिरोले खस्दा थुनिएको वडासदस्य थापाले बताइन् ।

पनौती–३ र ८ को सीमानामा रहेको उक्त खोला बिहान साढे ५ को समयमा थुनिएको हो । ‘खोला नै थुनिएपछि फाँट जलमग्न भएको छ । जोखिम पनि बढेको छ,’ उनले भनिन् ।

त्यस्तै काभ्रेको तेमाल गाउँपालिका ७ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान करिब ३ बजेतिर भिमबहादुर तामाङको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

470
Shares

ट्रेन्डिङ