सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बालिकालाई बलात्कार गरी फरार भएका युवक पक्राउ

बालिकालाई बलात्कार गरी फरार भएका युवक पक्राउ

5410
Shares
बालिकालाई बलात्कार गरी फरार भएका  युवक पक्राउ

चन्द्रौटा, २८ जेठ; कपिलवस्तुको शिवराज नगरपालिकाकी बालिकालाई बलात्कार गरी फरार रहेका एक युवक आज पक्राउ परेका छन् । गत वैशाख ३ गते बालिकालाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका शिवराज– ८ का २१ वर्षीय सकिलअलि सेफलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले बताउनुभयो ।

सेफलाई गोप्य सूचनाका आधारमा विजयनगर गाउँपालिका वडा नं ३ पत्थरदेहियाबाट पक्राउ गरिएको जनाइएको छ । अभियुक्त सेफलाई सहयोग गरेको अभियोग लागेकी एक महिलालाई जिल्ला अदालतले केही दिनअघि रु ५० हजार धरौटीमा रिहा गरेको थियो ।

5410
Shares

ट्रेन्डिङ