सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एम्बुलेन्स दुर्घटना: तीनजना घाइते, चालक फरार

एम्बुलेन्स दुर्घटना: तीनजना घाइते, चालक फरार

6885
Shares
एम्बुलेन्स दुर्घटना:  तीनजना घाइते, चालक फरार

बैतडी : जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डको विन्द्रावनमा बिहीबार राति एम्बुलेन्स दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। घाइते हुनेहरुमा पुर्चौडी नगरपालिका–५ का ५५ वर्षीय दिलबहादुर कुँवर, उनकी ४५ वर्षीया श्रीमती बेलमती र २० वर्षीय छोरा रोहित रहेका छन्।

घाइतेमध्ये दिलबहादुर र बेलमतीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनीहरु सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

धनगढीदेखि पुर्चौडी नगरपालिका जाँदै गरेको म १ झ ११३ नम्बरको एम्बुलेन्स राति ९ बजे सिगास गाउँपालिका–१ विन्द्रावनमा दुर्घटनामा परेको हो। एम्बुलेन्स सडकबाट २०० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। एम्बुलेन्समा चालकसहित चारजना सवार रहेका प्रहरीले जनाएको छ। पुर्चौडी नगरपालिका–७ का चालक उत्तर विष्ट फरार छन्। दुर्घटनामा परेको एम्बुलेन्स पुर्चौडी नगरपालिकाको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

6885
Shares

ट्रेन्डिङ