सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • क्वारेन्टाइनबाट फर्किएका वृद्ध मृत भेटिए

क्वारेन्टाइनबाट फर्किएका वृद्ध मृत भेटिए

4460
Shares
क्वारेन्टाइनबाट फर्किएका वृद्ध मृत भेटिए

कालिकोट : कालिकोटमा क्वारेन्टाइनबाट घर फर्किएका ६० वर्षीय वृद्ध बीच बाटोमा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको नरहरीनाथ गाँउपालिका-१ का ६० वर्षीय काले बिष्ट बिहीबार क्वारेन्टाइनबाट घर गएका उनी शुक्रबार दिउँसो बाटोमा मृत अवस्थामा फेला परेका हुन्।

जेठ १२ गते जिल्ला सदरमुकाम मान्मस्थित होटल चन्द्र सुर्यमा क्वारेन्टाइनमा बसेर भएर बिहीबार आरडिटी परीक्षणमा नेगेटिभ देखिएपछि घर फकिएका उनी शुक्रबार लालिघाटको उकालोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर यक्षराज जोसीले जानकारी दिए। उनका अनुसार मृतकका आफन्तहरुसँग बुझ्दा दमका रोगि भएको खुलेको छ। भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनी बीच बाटोमा कसरी मृत अवस्थामा फेला परे भन्ने बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

स्थानिय नेत्र बिष्टका अनुसार मंसिरतिर भारत गएका उनी नरहरीनाथ गाँउपालिकाले होटल चन्द्र सुर्यमा व्यवस्थापन गरेको क्वारेन्टाइनमा १८ दिन बसेर बिहीबार घर फर्किएका थिए। शुक्रबार बिहान लालिघाट नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्यदलको क्याम्प नजिकै एक्लै बसेर गाडी खोजी रहेका थिए। दिउँसो ३ बजेतिर उनी त्यही क्याम्प नजिकै सडकमा मृत अवस्थामा फेला परे।

उनको घरमा दुई साना छोरा र श्रीमति छन्। स्थानीय नागरिकले कोरोनाको संक्रमण भएको आशंकासमेत छन्। उनमा सामान्य रुघाखोकी र दमको समस्या थियो। स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहदुर महतले मृतक बिष्टको स्वाब नमुना संकलन गर्नका लागि स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ पठाइएको बताए।
-अन्नपुर्ण पोष्ट

4460
Shares

ट्रेन्डिङ