सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा टेलिकमको अफर

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा टेलिकमको अफर

2820
Shares
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा टेलिकमको अफर

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्तालाई विभिन्न किसिमको सेवामा सहुलियत प्रदान गर्ने भएको छ ।
नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले आज प्रेस विज्ञप्ति जारी गरी कम्पनीको प्रमोसनल अफरअन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर बुधबार (फागुन २५) देखि गतेदेखि तीन महिनासम्म कायम रहने उल्लेख छ ।
अफरअन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् । फेसबुक प्याकेजअन्तर्गत २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म २४ घन्टा उपभोग गर्न पाउने गरी १०० एमबी डाटा उपलब्ध गराइएको छ ।
डे एण्ड नाइट डाटा प्याकेजअन्तर्गत १०० रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १०० एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने बताइएको छ ।
नाइट डाटा प्याकेजअन्तर्गत ४५ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी सात दिनसम्म र ९० रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने विज्ञप्तिमा उल्लेख छ ।

2820
Shares

ट्रेन्डिङ