काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा छिट्टै प्रकाशन गर्ने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको छ ।
२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने भएको जनाएको हो ।
एसइईको नतिजा परीक्षार्थीले हेर्न १६०० मा डायल गरी प्राप्त निर्देशनानुसार नतिजा जान्न सकिने व्यवस्था गरिएको छ ।यस्तै, एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिनेछ ।
यसरी हेर्नुहोस् नतिजा