सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • टिपरलाई ठक्कर दिएर भाग्यो सेनाको गाडी

टिपरलाई ठक्कर दिएर भाग्यो सेनाको गाडी

7055
Shares
टिपरलाई ठक्कर दिएर भाग्यो सेनाको गाडी

काठमाडौं । नेपाली सेनाको एक गाडीले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ डाँछीस्थित सडकको छेउमा रोकेर राखेको एक टिपरलाई ठक्कर दिएर भागेको छ । ‘काठमाडौं-तराई-मधेश द्रुतमार्ग एक्प्रेसवे आयोजना’ लेखिएको बा २ झ ३३७९ नम्बरको सरकारी गाडीले बा ३ ख ८०३६ जम्बरको टिपरलाई ठक्कर दिएर भागेको हो ।

त्यसपछि महानगरीय प्रहरी बौद्ध बृत्त मातहत रहेको थली प्रभागले उक्त गाडी र चालकलाई पिछा गर्दै इन्द्रेणीमा पुगेर नियन्त्रणमा लिएको थियो । नियन्त्रण लिएर थली प्रभाग ल्याएपछि प्रहरीले लाइसेन्स लिएर हेर्ने क्रममा चालक गाडी लिएर भागेका थिए ।

उनले मादक पदार्थ सेवन गरेका थिए भने मुखबाट गन्ध आइरहेको थियो । त्यसपछि प्रहरी र स्थानियले पिछा गर्दैजाँदा माकलबारीबाट गोकर्णेश्वर मन्दिर नपुग्दै ओरालोमा उक्त गाडी फेला पारेका थिए । तर त्यहाँ चालक भने थिएनन् ।

स्थानियले सेनाको उक्त गाडीलाई नियन्त्रणमा लिएर महानगरीय ट्राफिक प्रहरी प्रभाग बौंद्धलाई बुझाएका छन् । बौद्ध प्रहरीले उक्त दुर्घटनाको बिषयमा अनुसन्धान सुरु गरेको छ । चालकले भाग्ने क्रममा गाडीलाई अनिन्त्रित बनाई केहीलाई ठक्कर पनि दिएको बुझिएको छ । उनले छोडेको लाइसेन्समा उनको नाम सागर तामाङ उल्लेख छ ।

7055
Shares

ट्रेन्डिङ