सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • पर्यावरण संरक्षणका बिरोध उठाउँदै वीरगञ्जमा शान्तीपुर्ण प्रदर्शन

पर्यावरण संरक्षणका बिरोध उठाउँदै वीरगञ्जमा शान्तीपुर्ण प्रदर्शन

6210
Shares
पर्यावरण संरक्षणका बिरोध  उठाउँदै वीरगञ्जमा शान्तीपुर्ण प्रदर्शन
  • सुनिल श्रेष्ठ

वीरगञ्ज / पर्यावरणकाे क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था लिभिंग विथ इन्भाइराेमेन्ट (वातावरण जिउने आधार) ले पर्यावरण संरक्षणका विभिन्न मुद्दामा शनिबार शान्तिपुर्ण प्रदर्शन गरेकाे छ । वीरगञ्जस्थित घण्टाघर चाेकमा भेला भएका संस्थाका पदाधिकारी तथा यहाँका नागरिक अगुवाहरूले निजगढमा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल र प्रदुषणकाे चपेटामा रहेकाे पर्साकाे सिर्सिया नदीलगायतका विषयहरू समेट्दै प्रदर्शन गरे । “एउटा बिरूवाले एउटा जिवन प्राेत्साहन गर्छ”, “पर्यावरणकाे सुन्दरता बचाउनु हाम्राे जिम्मेवारी हाे”, “प्रदुषणकाे विकल्प छ”, “वृक्ष संरक्षणलाइ प्राेत्साहन गराैँ” लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका थिए ।

संस्थाका पर्सा अध्यक्ष राेहित वर्णवालकाे अध्यक्षतामा भएकाे प्रदर्शनमा संस्थाका पदाधिकारी सहित नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चाैहान, नागरिक समाजका अगुवा डा. दिपक शाक्य, युवा अभियन्ता ओम प्रकाश सर्राफ, भाेलुन्टियर समुह वीरगञ्जका संयाेजक राजन श्रीवास्तव, कांग्रेसका जिल्ला सभापति अजय दिवेदी, कांग्रेसकाे नेता अरविन्द गुप्ता लगायतकाहरूकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमलाइ सम्बाेधन गर्दै वक्ताहरूले पर्यावरण संरक्षण अहिलेकाे अपरिहार्य आवश्यक्ता रहेकाे बताएका थिए । वातावरण संरक्षणमा मानव जाती चुकेका कारण अहिलेकाे असहज परिस्थती श्रृजना भएकाे भन्दै वातावरणका लागि गम्भीर रूपमा साेच्ने समय आएकाे टिप्पणी गरे ।

बारामा निर्माण हुन लागेकाे विमानस्थलले पर्यावरणलाइ गम्भीर असर पार्ने भएकाे हुँदा यस बारेमा पुनः विचार वक्ताहरूले जाेड दिएका थिए । पर्साकाे लाइफलाइनकाे रूपमा रहेकाे सिर्सिया नदीकाे संरक्षणमा जुट्न महानगर लगायत सम्बन्धीत पक्षलाइ अपिल गरिएकाे थियाे । प्रदर्शनमा उत्रिएका संस्थाका पदाधिकारिहरूले मुहारमा पर्यावरण लाइ मुखरीत गर्ने खालकाे चित्र काेरेका थिए । कार्यक्रमकाे सहजीकरण रेयान कायस्थले गरेका थिए ।

6210
Shares

ट्रेन्डिङ