सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा माक्स नलगाउने ४१५ जना कारबाहीमा

काभ्रेमा माक्स नलगाउने ४१५ जना कारबाहीमा

12550
Shares
काभ्रेमा माक्स नलगाउने ४१५ जना कारबाहीमा

काभ्रे, २६ असारः काभ्रे प्रहरीले माक्स नलगाई हिड्ने ४१५ जनालाई कारबाही गरेको छ । जिल्ला कमाण्ड पोष्टले दिएको जानकारी अनुसार जिल्लाको विभिन्न स्थानहरुमा प्रहरीले कारबाही गरेको हो ।

कारबाही पर्नेमा २ सय ३९ जना पुरुष र १ सय ८० जना महिला रहेका छन् । उनीहरुलाई प्रहरीले केहिबेर नियन्त्रणमा लिइ सम्झाई बुझाई छाडेको छ । जिल्ला प्रशासन कार्यालय कार्यालय एक सुचना जारी घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन उर्दी जारी गरेको थियो ।

यसैबीच जिल्लामा क्वारेन्टाइन बेड संख्या ८५१ पुर्याइएको छ । सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १ सय ५२ र सबैभन्दा कम जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा २४ वेडको क्वारेन्टाइन रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । आज जिल्लाको विभिन्न क्वारेन्टाइनमा १ सय ४२ जना रहेका छन् ।

12550
Shares

ट्रेन्डिङ