सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • मधेसलाई ओली भन्दा उपेन्द्र यादबको खतरा

मधेसलाई ओली भन्दा उपेन्द्र यादबको खतरा

4275
Shares
मधेसलाई ओली भन्दा उपेन्द्र यादबको खतरा

वीरगन्ज, १७ जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता राजकिशोर यादवले मधेशका लागि केपी ओलीभन्दा बढी खतरनाक उपेन्द्र यादव साबित भएको आरोप लगाएका छन् । उनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको पिठ्यूँमा छूरा घोपेको आरोपसमेत लगाएका हुन् । वीरगन्जमा आयोजित एक कार्यक्रममा अध्यक्षमण्डलीय सदस्य यादवले मधेशको माग पूरा नभई राजपा नेपाल कुनै पनि हालतमा निर्वाचनमा सहभागी नहुने दाबीसमेत गरेका हुन् । उनले राजपा गठनको मुख्य उद्देश्य मधेशीलाई मात्र नभई नेपालका सम्पूर्ण शोषित पीडित जनताको अधिकारका लागि लड्ने वैकल्पि शक्ति रहेको जिकिर गरेका छन् ।
सोही कार्यक्रममा पकाहा मैनपुर गाउँपालिकाबाट फोरमका संघीय शिक्षक फोरमका केन्द्रिय सदस्य नन्द किसोर पान्डे, एमालेका जिल्ला सदस्य गोबिन्द प्रसाद यादव, एमालेकै अब्दुलाह मिया, ओमप्रकाश गिरी, दिलिप शर्मा, अमरेश साह लगायतकाले पार्टी परित्याग गरि राजपा नेपालमा प्रवेश गरेको जानकारी राजपा नेपालका नेता ओमप्रकाश सर्राफले दिएका छन् । सम्पूर्ण नवप्रवेशीहरुलाई अध्यक्ष यादवले स्वागत एवं अभिनन्दन गरेका थिए ।

4275
Shares

ट्रेन्डिङ