काभ्रे, २५ पुस : महिला सशक्तिकरणका लागि काभ्रेको सदरमुकाम धुलिखेलमा मंगलवार लघु नाटक तथा संवाद कार्यक्रम सम्पन्न भएको छ । सूचनामा समान पँहुच(इक्वेल एक्सेस नेपाल) नामक संस्थाको आयोजनामा महिला र पुरुष समान हुन र त्यही अनुसारको अधिकारमा समान्ता हुनुपर्छ भन्ने उद्देश्याका साथ विद्यालयस्तरीय लघु नाटक तथा संवाक कार्यक्रम सम्पन्न भएको हो ।
छोरा र छोरीमा समान्ता ल्याउनका लागि विद्यालयस्तरदेखि नै समान व्यवहार सिक्न र सिकाउन दुबै पक्षलाई उत्तिकै रुपमा अग्रसर बनाउनका लागि यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक सबिन सिंहले बताए । काभ्रेबाट सुरु भएको यो समान्ताको संवाद तथा नाटक ६ जिल्लामा सञ्चालन गरिने बताए । उनका अनुसार अब नबलपरासी, सुनसरी, बाँके, कैलाली, मकवानपुर जिल्लामा सञ्चालन गरिने छ । सांसद लक्ष्मण लाम्सालले जनचेतनामूलक नाटक र संवाद कार्यक्रम स्थानीयस्तर बाट नै गर्नुपर्ने बताए ।
जबस्थानीय स्तरमा यस्ता खालका नाटक तथा संवाद कार्यक्रम सञ्चालन हुन्छ तब मात्र समान्ता आउने छन उनले भने‘किताबी ज्ञानले मात्रै हुदैन व्यवहारिक तथा प्राविधिक शिक्षाको आवश्यकता छ यो सबै अभिभावकले सुरु गर्नपर्छ ।’ धुलिखेल नगरपालिकाकी बिमला शर्माले यस्ता खालका कार्यक्रमहरु स्थानीयले सरकारले नै कानुन बनाई कार्यन्वयनमा लगे मात्र समान्ता सम्भव रहेको बताइन् ।
उनले भनिन्,–‘स्थानीय सरकारले यस्ता कार्यक्रम सञ्चालन गरे मात्र समान्तामूलक समाज निर्माण हुन सक्छ ।’ कार्यक्रममा स्थानीय जनप्रतिनिधी, साँसद, सरोकारवाला निकायका प्रतिनिधी , पत्रकार, विद्यार्थीहरु लगायतले महिला सशक्तिकरणमा जोड दिन आग्रह गरेका थिए ।