सबैको समाचार
शुक्रबार, साउन २३, २०७७
  • होमपेज
  • विकृतिलाई सबक दिन आयो ‘रक तिज’ (भिडियो सहित)

विकृतिलाई सबक दिन आयो ‘रक तिज’ (भिडियो सहित)

काठमाडौँ : डिएआर मुभिजले ‘रक तिज’ दोहोरि गीत सार्वजनिक गरेको छ । तिज माथिको विकृतिलाई गीत मार्फत देखाउन खोजिएको छ ।व्याटल कन्सेप्टमा बनेको गीतमा शब्द, लय, संगीत तथा स्वर प्रभावन जे को रहेको छ भने भुवन बडु, जीवन बडु, पुस्पा बोहरा, स्मृति शाही, बिबेक चौलागाईं र माही बडुको पास्र्व स्वर रहेको छ । र्यापर जगत तिर्वाले गीतमा र्याप गरेका छन् । जगतको र्यापले आधुनिकताको भड्किलो संस्कृतिलाई प्रस्तुत गर्न खोजिएको छ ।

जीवन बडुले म्युजिक एरेन्ज गरेका हुन् भने गीत बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।प्रभावन जे को परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा सरोज दाहाल, राजाराम गौतम, विवेक चौलागाई, अनु पराजुली, रोजि कुंवर, आयुस्मा कार्की, भुवन बडु, जीवन बडु, माहि बडु, स्मृति शाही, दिपक कार्कि, लक्ष्मण चौलागाई, सन्तोष सुन्वार, मुकेश घतानी र साथमा साथिहरुको अभिनय गरेका छन् ।

ज्ञानेन्द्र शर्मा हुमागाई को उत्कृष्ट छायांकन रहेको भिडियोमा माधव श्रेष्ठको कोरियोग्राफि र यमुना पाण्डेको श्रृगार रहेको छ । विष्णु खड्काले भिडियोको सम्पादन गरेका हुन् ।
गीतको भिडियो हेर्नुहोस :-

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका