सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • पहिरोले घर पुरिँदा दुई परिवारका ९ जनाको ज्या’न गयो

पहिरोले घर पुरिँदा दुई परिवारका ९ जनाको ज्या’न गयो

4040
Shares
पहिरोले घर पुरिँदा दुई परिवारका ९ जनाको ज्या’न गयो

कालीकाेट : कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई परिवारका नाै जनाको ज्या’न गएको छ । अन्य दुई जना घा’इते भएका छन् । राति पहिरोले घर पुरिँदा वडा नम्बर ७ का सात जना र वडा नम्बर ४ का दुई जनाको ज्या’न गएको हो ।

वडा नम्बर ७ का ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उहाँसहित ६३ वर्षीया श्रीमती नैना, २३ वर्षीया बुहारी कुशा, १९ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चना, आठ वर्षीय नाति रामबहादुर र ६ वर्षका चरित्र बुढाको ज्यान गएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिनुभयो ।

यस्तै वडा नम्बर ४ का ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उहाँ र उहाँकी ६५ वर्षीया श्रीमती मनाको ज्या’न गएको पनि विष्टले बताउनुभयो । गाउँपालिकाका अरु ठाउँमा पनि पहिरो खसेको र उद्धारको काम भइरहेको उहाँले जानकारी दिनुभएको छ ।

4040
Shares

ट्रेन्डिङ