सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेसका नेता तामाङद्वारा विद्यालयहरुलाई स्वास्थ्य सामग्री बितरण

काभ्रे काँग्रेसका नेता तामाङद्वारा विद्यालयहरुलाई स्वास्थ्य सामग्री बितरण

7155
Shares
काभ्रे काँग्रेसका नेता तामाङद्वारा विद्यालयहरुलाई स्वास्थ्य सामग्री बितरण

काभ्रे : नेपाली कांग्रेस काभ्रेका जिल्ला सदस्य सन्तमान तामाङ र नेपाल तरुण दल नमोबुद्ध नगरका सभापति मणिक लामा द्वारा नमोबुद्ध नगरपालिका भित्रका सबै सरकारी तथा निजी विद्यालयहरुलाई स्वास्थ्य सामग्री बितरण गरेको छ ।

नेपाल शिक्षक संघ नमोबुध्द नगर समितिको समन्वय तथा व्यबस्थापनमा भकुण्डेमा सम्पन्न एक कार्यक्रममा नगरका सम्पुर्ण बिद्यालयका प्रतिनिधिहरुको उपस्थितिमा उक्त सामग्री बितरण गरेको छ । बितरण गरेको सामग्रीहरुमा १० हजार पिस माक्स र १ सय १२ बोत्तल सेनिटाईजर रहेको थियो ।

नेपाल शिक्षक संघ नमोबुद्ध नगर समितिका सभापति दिनेश अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अथिति नेपाली कांग्रेस का नगर सभापति कुन्साङ लामा, विशिष्ट अथिति पुर्व संसद हर्षजित लामा र नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महत हुनुहुन्थ्यो भने, ने.वि संघ क्षेत्रीय सभापति विद्यासागर लामा लगायत नेपाली कांग्रेस र नेपाल शिक्षक संघका स्थानिय नेताहरुको सहभागिता रहेको थियो ।

7155
Shares

ट्रेन्डिङ