सबैको समाचार
आइतवार, अशोज १८, २०८३

छत खसेर कामदारको मृ’त्यु

6345
Shares
छत खसेर कामदारको मृ’त्यु

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका –१ शिवपुरमा घरको छतले च्याप्दा एक जनाको मृ’त्यु भएको छ। घर भत्काउँदै गर्दा छत भत्किएर च्यापे पछि शिवराज ३ हचुवाका २६ वर्षका चिन्का चौधरीको मृ’त्यु भएको वडा प्र’हरी कार्यालय चन्द्रौटाले जनाएको छ।

उनी शिवपुरमा रहेका विनोद कुँवरको पुरानो घर भत्काउने काम गरी रहेका थिए। छत खसे पछि चौधरी माथि परेको थियो। आइतबार दिउँसो करिब ४ बजे छतले च्या’पेर घा’इते भएका चौधरीलाई उपचारका लागी बुटवल तर्फ लाग्दै गर्दा बाटोमा नै मृ’त्यु भएको प्र’हरीले जनाएको छ।

मृ’तक चौधरीको बहादुरगञ्ज अस्पतालमा पोस्टमार्टम भइरहेको वडा प्र’हरी कार्यालय चन्द्रौटा प्रमुख दीपेश खरेलले बताए। घ’ट’ना सम्बन्धी थप अनुसन्धान भइरहेको समेत उनले बताए।

6345
Shares

ट्रेन्डिङ