सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा ५० जना कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज

काभ्रेमा ५० जना कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज

3785
Shares
काभ्रेमा ५० जना कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज

धुलिखेल, २१ असोजः काभ्रेमा आज एकैदिन ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेले उपलब्ध गराएको वितरण अनुसार एकैदिन ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा सबैभन्दा बढी धुलिखेल नगरपालिकाका १२ जना पुरुष र ६ जना महिला रहेका छन् । त्यस्तै बनेपा नगरपालिकाका ७ जना पुरुष र ७ जना महिला रहेका छन् ।

पनौती नगरपालिकाका २ जना पुरुष र २ महिला, पाँचखाल नगरपालिका ३ जना पुरुष र १ महिला छन् । त्यस्तै रोशीगाउँपालिकाका ३ जना पुरुष र १ जना महिला, नमोबुद्ध नगरपालिकाका ३ जना पुरुष रहेका छन् ।

3785
Shares

ट्रेन्डिङ