सबैको समाचार
आइतवार, अशोज ४, २०७७
  • होमपेज
  • सञ्जय दत्तको फोक्सोमा तेस्रो चरणको क्यान्सर

सञ्जय दत्तको फोक्सोमा तेस्रो चरणको क्यान्सर

सञ्जय दत्तको फोक्सोमा तेस्रो चरणको क्यान्सर

काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्तको फोक्सोमा तेस्रो चरणको क्यान्सर भएको छ । थप उपचारका लागि उनी अमेरिका प्रस्थान गर्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । अगस्ट ८ मा श्वासप्रश्वासमा समस्या भएपछि लिलावती अस्पताल भर्ना भएका उनको स्वास्थ्य परीक्षणमा फोक्सोमा क्यान्सर देखिएको हो ।

क्यान्सरको रिर्पोट आएपछि सञ्जय स्तब्ध बनेको र उनका प्रशंसकहरुले स्वास्थ्य लाभको कामना गरिरहेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । दत्तले मंगलवार स्वास्थ्यका कारण केही समय चलचित्रबाट ब्रेक लिने घोषणा गरेका थिए ।

उनले लेखेका थिए, ‘म मेडिकल ट्रिटमेन्ट्सका कारण कामबाट केही समय ब्रेक लिँदैछु । मेरो परिवार र साथीको मलाई साथ छ । म सबै शुभचिन्तकसँग निवेदन गर्छु कि चिन्ता नलिनुहोला र अनावश्यक रुपमा अड्कल पनि नलगाउनुहोला । तपाईंको प्रेम र शुभकामनाले चाँडै फर्किनेछु ।’

६१ वर्षीय दत्तको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । दत्तका श्रीमती र सन्तान लकाउन र उडान प्रभावित बनेपछि पाँच महिनादेखि दुबईमा रहेका छन् । उनकी आमा नरगिसको पनि क्यान्सरका कारण सन् १९८१ मा नि’धन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका