सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

5760
Shares
सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरी: सप्तरीमा थप ९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सप्तरीको डाक्नेश्वरी नगरपालिकाका एक जना महिलासहित ९ जनामा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

उनीहरू सबै जनाको स्वाब धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको प्रमुख यादवले बताए। संक्रमित सबै भारतबाट आएका हुन्। योसँगै सप्तरीमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ।

5760
Shares

ट्रेन्डिङ