सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • सहकारीको ऋण चुक्ता गर्न आग्रह

सहकारीको ऋण चुक्ता गर्न आग्रह

1475
Shares
सहकारीको ऋण चुक्ता गर्न आग्रह

काठमाडौँ । बागमती प्रदेश सरकारले सहकारीबाट लिएको ऋण समयमै चुक्ता गर्न आग्रह गरेको छ ।

समयमै सहकारीको ऋण नतिर्दा बचत फिर्तामा समेत समस्या भएको भन्दै बागमती प्रदेश सरकारले सहकारीबाट लिएको ऋण समयमै चुक्ता गर्न आग्रह गरेको हो ।

जुन सम्झौता वा सर्तबमोजिम ऋण लिएको हो सोहीबमोजिम ऋणको साँवा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी सहकारीमा देखिएको समस्या समाधान गर्न सहयोग गर्न मन्त्रालयले आग्रह गरेको हो ।

ऋणी सदस्यले समयमा नै ऋण भुक्तान नगरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ बमोजिम ऋणी सदस्यको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्थासमेत रहेको हुँदा प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको बर्खिलाप नहुने गरी कर्जा चुक्ता गर्न मन्त्रालयले अनुरोध गरेको हो ।

1475
Shares

ट्रेन्डिङ