सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • ५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाइदिनू : डब्ल्यूएचओ

५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाइदिनू : डब्ल्यूएचओ

5925
Shares
५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाइदिनू : डब्ल्यूएचओ

काठमाडौं, ७ भदाै । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ५ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई मास्क नलगाइदिन अनुरोध गरेको छ । यसैगरी ६ देखि ११ वर्षका बालबालिकाहरूले भने मास्क लगाउन सक्ने जनाएको छ।

उनीहरुलाई मास्क कसरी लगाउने र कसरी निकाल्ने भन्ने कुरा राम्रोसँग सिकाउन संगठनले अभिभावकहरूलाई आग्रह गरेको छ। यसैगरी १२ वर्षमाथिका बालबालिकाहरूलाई भने वयस्कहरुकै जस्तै नियम लागु हुने संगठनले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले १२ वर्षभन्दा माथिकालाई मास्क लगाउने विषयमा नयाँ नियम जारी गर्दै उक्त कुराहरु बताएको छ। साथै संगठनले ६० वर्षभन्दा कम उमेरकालाई कपडाको मास्क लगाउन सुझाव दिएको छ। तर ६० वर्षभन्दा माथि र अन्य कुनै रोग भएकाहरुले भने मेडिकल मास्क लगाउनुपर्ने संगठनले जनाएको छ।

5925
Shares

ट्रेन्डिङ