सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा पहिलो पटक पत्रकारलाई कोरोना पुष्टि

काभ्रेमा पहिलो पटक पत्रकारलाई कोरोना पुष्टि

8350
Shares
काभ्रेमा पहिलो पटक पत्रकारलाई कोरोना पुष्टि

काभ्रे, ११ भदौः काभ्रेका एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । लामो समयदेखि बनेपामा रहेर पत्रकारिता गर्दै आएका ती पत्रकार हातको उपचार गराउन काठमाण्डौ स्थित बीर अस्पताल पुग्नुभएको थियो ।

ट्रमा सेन्टरले अपरेसनका लागि स्वाब परीक्षणको रिपोर्ट ल्याउन आग्रह गरेपछि परीक्षण गर्ने क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पत्रकार २०५४ सालदेखि काभ्रेको पत्रकारितामा सक्रिय रहदैँ आउनुभएको थियो ।

४३ बर्षिय संक्रमित पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमित पत्रकार काठमाण्डो स्थित होम आइसोलेसनमै रहनु भएको छ ।

8350
Shares

ट्रेन्डिङ