सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा ओली समूह हर्षित, प्रचण्ड माधव समूह दुखी !

काभ्रेमा ओली समूह हर्षित, प्रचण्ड माधव समूह दुखी !

19800
Shares
काभ्रेमा ओली समूह हर्षित, प्रचण्ड माधव समूह दुखी !

काभ्रे : बनेपाको अगुवा कार्यकर्ता भेलाले काभ्रेमा केपी ओली समूह थप हौसिएको छ । किन भने पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे लगत्तै नेकपा दुईधारमा विभाजित भएपछि काभ्रेमा ओली समूह नेतृत्व विहीन थियो । केहि दिन अलमलमै परे जस्तो देखिएको थियो । युवा विद्यार्थीहरुले पालिका स्तरमा स साना कार्यक्रम भने जारी राखेका थिए ।

जिल्लामा नेतृत्वको हिसाबले पार्टी इन्चार्ज पूर्व मन्त्री गोकुल बास्कोटा एक्लै भए जस्तो देखिए । जिल्ला अध्यक्ष र सचिव दुबै प्रचण्ड माधव समूहका थिए । अध्यक्ष रुकु चौलागाई प्रचण्ड र सचिव टोक बहादुर वाइबा माधव कुमार नेपाल समूहका हुन् ।

संसद विघटनको विरोधमा उत्रिएको प्रचण्ड माधव समूहले पुस १२ गते बनेपामा अगुवा कार्यकर्ता भेला गरेको थिए । प्रचण्ड माधव समूहले उक्त भेला गर्ने ठाउँ समेत पटक पटक परिवर्तन गर्नु परेको थियो । प्रचण्ड माधव समूहले निर्धारित ठाउँमा भेला गर्न नदिनुलाई सत्ताको दुरुपयोग भनेका छन् । प्रचण्ड माधव समूहले बनेपाका पार्टी कार्यालय कब्जा गर्न सक्ने आंकल सहित ओली समूहका युवाहरुले उक्तदिन मोटसाइकल र्याली समेत गरेका थिए ।

प्रचण्ड माधव समूहको भेलाको दुई दिन पछि पुस १४ गते ओली समूहले बनेपामा पूर्व एमालेका जिल्ला उपाध्यक्ष एवं धुलिखेल नगरपालिका मेयर अशोक कुमार ब्याञ्जुलाई अध्यक्षको जिम्मेवारी सुम्पियो । नारायण पाण्डे सचिव बने । नेकपाको दोस्रो पूर्ण बैठक नाम दिइएको ओली समूहको बैठकले प्रचण्ड माधव समूहका अध्यक्ष चौलागाई र सचिव वाइबालाई कारबाही स्वरुप जिम्मेवार खोसेको निर्णय गर्यौ ।

ओली समूहको भेलालाई लक्षित गरी प्रचण्ड माधव समूहले पाँचखालमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको थियो । तर त्यहाँ संख्यात्मक हिसाबले नेकपाका नेता कार्यकर्ता निकै कम सहभागि भएका थिए । प्रचण्ड माधव समूहको अनुवा कार्यकर्ता भेला भन्दा काँग्रेसको मोटरसाइलक र्याली बृहत देखिन्थ्यो । पार्टी प्यालेसमा आयोजना गरिएको पाँचखाल भेलालाई लिलामणी पोख्ररेल र नेतृ रामकुमारी झाक्रीले सम्बोधन गरेका थिए । पाँचखाल पूर्व एमालेको गढ मानिन्छ । यो गोकुल बास्कोटा निर्वाचित भएको क्षेत्र पनि हो ।

तेमालको कार्यकर्ता रोक्न सूर्यविनायकमा प्रचण्ड माधव समूहले कार्यक्रम गरेको थियो । त्यो कार्यक्रममा पनि संख्यात्मक रुपमा प्रचण्ड माधव समूह निकै कमजोर देखिएको थियो । भलै स्थानीय तहको निर्वाचिनमा पूर्व एमालेको तर्फबाट तेमाल गाउँपालिकाको अध्यक्षमा उम्मेवादरी दिएका प्रदीप लामा प्रचण्ड माधव समूहमै रहेका छन् ।

प्रदीप लामा प्रचण्ड माधव समूहमा लागेपछि तेमालमा कतिपयले ओली समूह कमजोर बनेको दाबी गरेपनि सूर्यविनायक भेलाले ओली समूहले तेमालमा आफ्नो पहुँच अझै बलियो रहेको दाबी गरेको छ । तेमाल पूर्व जलस्रोत राज्यमन्त्री सूर्यमान दोङ र सांसद गंगा बहादुर दोङको क्षेत्र पनि हो । तर ओली समूहको बनेपा भेलामा तेमालबाट उल्लेखनीय सहभागिता रहेको बताइएको छ । तेमालकै इन्द्र लामाले ओली समूह नछाड्नुको प्रभाव बनेपा भेलामा देखिएको हो । इन्द्र पूर्व एमालेका जिल्ला सह सचिव समेत हुन् ।

ओली समूहको बनेपा भेलामा सबैभन्दा बढी पनौतीबाट नेता कार्यकर्ता सहभागि भएको बताइएको छ । पनौती, धुलिखेलका प्रमुख, उपप्रमुख, खानीखोला गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित नेकपाबाट निर्वाचित अधिकांश ओली समूहमै छन् । भुम्लु गाउँपालिकाका प्रमुख गुमानध्वज कुँवर अहिलेसम्म कुनै समूहमा खुलेका छैनन् । उपाध्यक्ष कल्पना श्रेष्ठ भने प्रचण्ड माधव समूहमा खुलेरै लागेकी छन् ।

नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा स्वास्थ्या समस्या देखिएपछि अस्पतालमा उपचार गराइरहेका छन् । धुलिखेलका प्रमुख, उपप्रमुख सहित पूर्व एमालेबाट निर्वाचित लगभग सिँगो टिम ओली समूहमै रहेको छ । बनेपा नगरपालिकाका प्रमुख, उपप्रमुखले ओली समूहलाई साथ दिएका छन् ।

प्रचण्ड माधव समूह सचिव एवं मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाईवा बाहेक उपप्रमुख निर्मला शाही र अन्य निर्वाचित जनप्रतिनिधिहरु ओली समूहमै लागेका छन् । मण्डनदेउपुर पूर्व मन्त्री बास्कोटाको जन्मभूमि पनि हो । मण्डनदेउपुर नगरपालिका बास्कोटाको पकट क्षेत्रको रुपमा लिने गरिन्छ । पूर्वओवादीकी नेतृ रिता ढकाल ओली समूहको केन्द्रिय सदस्यमा मनोनित भएपछि यो क्षेत्र ओली समूहको थप मजबुद बनेको आँकल गरिएको छ ।

19800
Shares

ट्रेन्डिङ