सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बिपी राजमार्गको दाहालडाँडा-भकुण्डे सडक खण्ड कुरुप, कहिले होला पिच ? (भिडियो सहित)

बिपी राजमार्गको दाहालडाँडा-भकुण्डे सडक खण्ड कुरुप, कहिले होला पिच ? (भिडियो सहित)

6655
Shares

काभ्रे, १५ भदौँः बिपी राजमार्गको दाहालडाँडा-भकुण्डे सडक खण्डको कन्त विजोग भएको छ । लकडाउनका बेला विभिन्न राजमार्गहरुमा मर्मत र पिचको काम भइरहेका छन् । तर बिपी राजमार्गको दाहालडाँडा–भकुण्डे सडक खण्ड भने कुरुप बनेको छ ।

ठेकेदारले समयमै काम नगरीदिदाँ राजमार्ग कुरुप बनेको हो । पूर्वी पहाड र मध्य तराईलाई जोड्ने यो राजमार्गको काभ्रे खण्ड उसैपनि जीर्ण बन्दै गइरहेको छ । त्यस झन भएको पिच उप्काएर अर्को पिच नगरि दिदाँ समस्या भएको हो । धुलिखेल नगरपालिकाको वडा नम्बर ११ पात्लेखेलको सिमानासम्म भने नयाँ पिच गरिएको छ ।

सबै तयारी गरिसकेर पनि पिच भएपछि राजमार्ग आसपासका स्थानीय भने चकित परेका छन् । सडक क्षतविक्षत भइसकेको छ । हुन त रााष्ट्रिय राजमार्ग स्थानीय तह मातहत पर्दैन । तर स्थानीयले भने आफ्नो क्षेत्रमा विकास निर्माण अलपत्र पर्दा पनि कुनै चासो नराखेको गुनासो छ ।

6655
Shares

ट्रेन्डिङ