सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सुन तस्कर गर्ने कसैलाई पनि छाडिन्नः सिलवाल

सुन तस्कर गर्ने कसैलाई पनि छाडिन्नः सिलवाल

2915
Shares
सुन तस्कर गर्ने कसैलाई पनि छाडिन्नः सिलवाल

आइजीको दावीका लाग अहिले चार जना डिआइजीको नाम अगाडि आएको छ । जसमा प्रहरी केन्द्रीय अनुसन्धान व्युरो प्रमुख डीआईजी नवराज सिलवाल नाम चर्चित नै छ । नेपालका चर्चित डनहरुको इन्काउन्टर गरी आफ्नो छवीलाई अझ राम्रो बनाएका सिलवालले हालसालै ३४ केजी सुन काण्ड, विद्युत चोरीमा प्राधिकरणका कर्मचारीको संलग्नता लगायताका प्रसंगले उनलाई अझै माथि पु¥याको छ ।
केही मिडयाहरुले सुन तस्करको नाइके पहिचान भइसक्दापनि डिआइजी सिलवालले कारवाही गर्न सकेनन भन्ने प्रसङ्गमा सिलवाल भन्दछन्ः– सुन तस्करीमा संलग्न को–को छन् भन्नेबारे अनुसन्धान नजिक पुगेको छौं ।
‘अनुसन्धानको चलिरहँदा महत्वपूर्ण कुरा भन्न मिल्दैन तर जुन तहका मानिस भएपनि छोडिदैन । रानीतिक दलका नेताहरु, लगानी गर्नेहरु, विदेश तथा स्वदेशमा बसेर तस्करी गर्नेलाई सहयोग गर्नेहरु सबै अनुसन्धानको घेरामा छन्’ । अपराधी ठहरिएपछि कसैलाई पनि उन्मुक्ती दिन मिल्दैन र दिइदैन पनि । उनले थपे ।
डीआईजीलाई प्रहरी प्रमुख बनाउनु हुँदैन भन्दै आवाज उठिरहेको बेला आईजीको प्रमुख दाबेदार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डिआईजी नवराज सिलवालले सुन तस्करीमा संलग्न जो कोहीभए पनि नछोडिने बताएका छन् ।
पक्राउ परेका गत पुस २१ गते एयर अरेवियाको जहाजबाट युएइ हुदैँ काठमाडौं आएका गोपाल बहादुर शाहीको साथबाट ३३ किलो सुन विमानस्थलका अधिकारीको सेटिङमा सुन ल्याएको प्रहरीसमक्ष बताएको जानकारी गराए ।
युएइबाट नेपाल आउनेलाई सुन पठाउने ठुलै गिरोह नै सक्रिय रहेको प्रहरीले उच्च स्रोतको दाबी छ ।

2915
Shares

ट्रेन्डिङ