सबैको समाचार
बिहिबार, साउन १४, २०८३
  • होमपेज
  • जनचेतनामूलक कार्यक्रम सम्पन्न

जनचेतनामूलक कार्यक्रम सम्पन्न

8715
Shares
जनचेतनामूलक कार्यक्रम सम्पन्न

काभ्रे,सनम सुवाल ,बातावरण संरक्षण जनचेतना मूलक कार्यक्रम काभ्रेको पनौतीमा सम्पन्न भएको छ । गोरखनाथ युवा क्लब्को आयोजानमा सफा पनौती सुन्दर पनौती भन्ने मूल नाराका साथ शुरु गरीएको कार्यक्रम आज पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेको प्रमुख आथित्यमा सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै प्रमुख न्यौपानेले सिङ्गो पनौतिलाई हरित एबम स्वच्छ बनाउन पुण्यमाता करिडोर निर्माण , डम्पिङ साइट ब्यबस्थापन र पनौती बस्पार्क ब्यबस्थापन मुख्य चुनौती रहेकोले यस्को लागि छिट्टै कार्य थालनी हुने समेत बताए ।

कार्यक्रममा पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थाप, काभ्रे मिनिबस सेवा समितिका अध्यक्ष राजेश सैन्जु, बाताबरण बिद राजाराम कर्माचार्य लगायतले क्लबले चालेको कदमको सफलताको शुभकामना दिदै भावि दिनमा पनि यस्ता खालको कार्यक्रमलाई अझ अगाडि बढाउन शुभकामना दिए कार्यक्रममा क्लबका अध्यक्ष सुदिप न्यौपानेले भावि दिनमा यस्ता खालाका कार्यक्रमलाई निरन्तरता दिने भन्दै यस कार्यमा सहयोग गनु हुने सबैलाई धन्यावाद दिएका थिए ।

8715
Shares

ट्रेन्डिङ