सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • बनेपामा `बृहत काभ्रेपलान्चोक कृषि महोत्सव´ २०८०

बनेपामा `बृहत काभ्रेपलान्चोक कृषि महोत्सव´ २०८०

1985
Shares
बनेपामा `बृहत काभ्रेपलान्चोक कृषि महोत्सव´ २०८०

काभ्रे । फाल्गनु ४ देखि बनेपामा ‘बृहत काभ्रेपलान्चोक कृषि महोत्सव’ हुने भएको छ ।

मंगलबार बनेपामा आयोजित पत्रकार सम्मेलनमा  मुल समारोह समितिका संयोजक रहेका जिल्ला  समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले काभ्रेपलाञ्चोक जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरुको प्रर्दशनी तथा बजारीकरण तथा कृषहरुको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले ‘बृहत कृषि महोत्सव’ गर्न लागिएको  जानकारी दिएका छन् ।

जिल्ला समन्वय समिति काभ्रेको संयोजन, कृषि ज्ञान केन्द्र तथा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राविधिक समन्वय, काभ्रे उद्योग वाणिज्य संघको आर्थिक व्यवस्थापन, जिल्लास्थित स्थानीय तहको प्रत्यक्ष सहभागितामा बनेपास्थित करुणामार्गमा फाल्गुन ४ गतेदेखि ३ दिनसम्म महोत्सव हुन लागेको हो ।

महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल, तरकारी, मसला बाली, च्याउ बाली र महलगायतका स्थानीय कृषि उपज तथा उत्पादनहरु समावेश गरिने ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद दवाडीले बताए ।

महोत्सवका लागि करिब १ करोड १५ लाख रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।

1985
Shares

ट्रेन्डिङ